बिनालाई पछ्य्याउँदै रबिन, के प्रेममा छिन् बिना ?

डिसी नेपाल
३० कार्तिक २०८१ १८:४४
316
Shares

काठमाडौं। सुन्दरी मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो रिलिज गरिएको छ। जहाँ बिनालाई आफूलाई भन्दा बढी माया गर्ने प्रेमीले दिएको साथको वर्णन गरिएको छ।

भिडियोमा बिनाका प्रेमीका रुपमा गायक रबिन बर्तौलाको अभिनय देख्न सकिन्छ। भिडियोमा बिनाका रिलका प्रेमी रबिनले माया नै मायामा डुबेर जुगौँ जुग बाँच्ने वाचा कसम खाएका छन् । गायक रबिन पेशाले सिभिल इन्जिनियर हुन्।

सार्वजनिक गीतका यी मन छुने शब्द हुन् संगीतकार हुन् अर्जुन पोखरेल। पुरुसोत्तम सुवेदीको एरेन्ज रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टले गरका हुन् ।

विशाल थापाको छायांकन रहेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन् भने भिडियो गायक रबिन बर्तौलाको अफिसियल च्यानल रबिन बर्तौला मार्फत बजारमा आएको हो ।

हेर्नुहोस् प्रेम र रोमान्सका रमाइला किस्साले भरिएको यो म्यूजिक भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *