चितवनमा तनाव, पाँचजना प्रहरी घाइते

डिसी नेपाल
३१ साउन २०७६ २०:१८

काठमाडौं। पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि न्यूजट्वान्टी फोर टेलिभिजनका दुई जना पत्रकार रवी लामिछाने र यूवराज कँडेल पक्राउ परेपछि शुक्रबार साँझ चितवनमा पत्रकार लामिछानेका समर्थकले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

लामिछानेलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन पुर्याइएको थियो। लामिछाने पक्राउ परेपछि उना समर्थकले शुक्रबार दिउँसोदेखि नै चितवनमा प्रदर्शन गरिरहेका थिए। साँझ भएपछि प्रहरीमाथि ढुंगामुढा भएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए। उनले प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको बताए।

पूर्व सहकर्मी मृतक पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको एक भिडियोमा पत्रकार लामिछाने, कँडेल र एक युवती अस्मिता कार्कीकै कारण आत्महत्या गरेको उल्लेख गरेका थिए। यसपछि मृतक पुडासैनीले नाम लिएका तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला अदालतल चितवनले शुक्रबार लामिछानेसहित तीनै जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा पक्राउ परेकामाथि अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

One thought on “चितवनमा तनाव, पाँचजना प्रहरी घाइते

  1. सरकार नै माफिया बलत्कारी भ्रस्तचारी ले चलाएको छानबिन तेइ माथि नेपाल प्रहरी राज्यको बैधानिक अपराधीक संगठन हो जसले उस्तै तस्करी भ्रस्तचारी बलत्कारी को सम्रक्ष्यण गर्दै आएको छ
    सत्यम सेवम् सुरक्षणम होइन सदैव पदिय लोभ करणम् माफिया पाउ परणम सोझा साझा लाई कानुन भन्दै दमन करणम् भ्रस्त चोर् दलाल को सम्रक्ष्यण करणम्

Leave a Reply

Your email address will not be published. Required fields are marked *