‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?
काठमाडौं। फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ।
फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म बनेको थियो। ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो।
यसैबीच फिल्मका निर्माताले फिल्मले अहिलेसम्म गरेको कमाईको अपडेट दिएका छन्। फिल्मका निर्माता विनोद पौडेलले फिल्मले फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख कमाई गरेको छ।
अहिले पनि देशका धेरै जसो सिनेमा हलमा फिल्मरति दर्शकको आकर्षण जारी रहेकाले फिल्मको कमाइ आउदा दिनमा अझै बढ्ने अनुमान गरिएको छ।
कमाईको किर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ । फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment