प्रचण्डद्वारा पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रचण्डले ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुंगानाको परिवारले जानकारी दिएको छ। नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment