नेपाल प्रिमियर लिग क्रिकेट : चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक

डिसी नेपाल
४ मंसिर २०८१ १२:३१
88
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्लब चितवन राइनोजले टोलीको जर्सी, मस्कट र एन्थम सार्वजनिक गरेको छ।

चितवन राइनोजको जर्सीको कलर हल्का खैरो रंगको छ। एक सिंगे गैडासँग मिलाएर जर्सीको रंग निर्धारण गरिएको र मस्कटमा एक सिंगे गैडा रहेको क्लबले जनाएको छ।

चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्।

जर्सी, मस्कट र एन्थम सार्वजनिक समारोहमा भरतपुर महानगर प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेलगायतको उपस्थित थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *