सिनेमा ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु

डिसी नेपाल
४ मंसिर २०८१ १३:१६
92
Shares

काठमाडाैं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ। मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए।

सिनेमाको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन्। सिनेमाको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।

गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ। सिनेमामा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ। वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको सिनेमामा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माताको रुपमा रहेका छन्।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन्। सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ । सिनमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *