एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद

डिसी नेपाल
५ मंसिर २०८१ ७:०७
144
Shares

काठमाडौं। चर्चित ओस्कार विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले सम्बन्धविच्छेदको घोषणा गरेका छन्। विवाहको २९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्न लागेका हुन्।

यो जोडीको विवाह भएको २९ वर्ष भइसकेको छ। अब उनका वकिलले आधिकारिक रुपमा सम्बन्धविच्छेदको पुष्टि गरेका छन्। यसले फ्यानहरुलाई पनि गहिरो धक्का दिएको छ। दुवैले भावनात्मक तनावका कारण यो निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ।

वकिलले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘विवाहको धेरै वर्षपछि श्रीमती सायराले पति एआर रहमानसँग अलग हुने कठिन निर्णय लिएकी छिन्। उनीहरुको सम्बन्धमा धेरै भावनात्मक तनाव आएपछि यो निर्णय आएको हो। उनीहरुको गहिरो प्रेमका बाबजुद दम्पतीले आफूबीचको तनाव र समस्याले दूरी बनाएको पाइएको छ, जसलाई अहिले कुनै पनि पक्षले हटाउन नसकेको साइराले दुःख र पीडाबाट बाहिर निस्केको बताइन्। सायराले आफ्नो जीवनको यो कठिन अवधिबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयमा जनतासँग गोपनीयता र समझदारीको अनुरोध गरेकी छन्।’

सम्बन्धविच्छेदको खबरका बीच एआर रहमानले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘विवाहको ३० वर्ष पूरा गर्छौं भन्ने सोचेका थियौं तर परिस्थिति हेर्दा त्यस्तो हुन्छ जस्तो लाग्दैन। हाम्रो हृदय यति टुटेको छ कि यी टुटेको हृदयको बोझले भगवानको सिंहासन पनि काँप्न सक्छ।भाँचिएको भागले फेरि आफ्नो ठाउँ पाउँदैन। यद्यपि, हामीले टुटेका चीजहरूमा पनि केही अर्थ खोज्नुपर्छ । यस कठिन समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा हाम्रा सबै साथीहरूलाई धन्यवाद।’

एआर रहमान र सायरा बानोले सन् १९९५ मा विवाह गरेका थिए। दम्पतीका खतिजा, रहिमा र आमिन गरी तीन सन्तान छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *