‘मिस नेपाल नर्थ अमेरिका २०१९’ को तयारी अन्तिम चरणमा
काठमाडौँ । यहि अगष्ट १७ तारिखका दिन हुन गईरहेको मिस नेपाल अमेरिका २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ।
विदेशी भूमिमा रहेका नेपाली नारीहरुका आन्तिरिक तथा बाह्य क्षमताहरुलाई प्रस्तुत गरिने यो सौन्दर्य प्रतियोगितामा नर्थ अमेरिकाका विभिन्न स्थानहरुबाट १६ जना नेपाली चेलीहरुले आफ्नो क्षमता प्रस्तुत गर्दै छन्।

यहि प्रतियोगिताका लागि मिस नेपाल २०१८ शृखला खतिवडा न्यूयोर्क आईपुगेकी छिन्। शृखलाले यो प्रतियोगितामा परामर्शदाताको रुपमा मूख्य भूमिका निर्वाह गर्ने छिन्।
त्यस्तै मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठले प्रतियोगीहरुलाई व्यक्तित्व विकास सम्बन्धी तालिम तथा कोरियोगांफरको रुपमा आफ्नो उपस्थिती जनाएकी छन् । विशेष महत्वका साथ हेरिएको यो सौन्दर्य प्रतियोगिलाई थप रोचक बनाउन ख्याति प्राप्त गायक एड्रिन प्रधान, सिने गुरुङ, विकी गुरुङ, राहुल राई लगाएतको लाईभ कार्यक्रम रहेको आयोजक संस्थाका शैलेश श्रेष्ठले डिसी नेपाललाई बताए।

कार्यक्रम उन्नत इन्टरनेशल तथा ड्रिम्स युनिभर्सिटिले आयोजना गरेका हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment