सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

डिसी नेपाल
९ मंसिर २०८१ २२:१८
36
Shares

मोरङ । खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताएका छन्।

निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार तथा स्थानीय विकासका योजनामा काम गर्दै समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको उनले बताए। मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सहलगानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘हामी निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार र स्थानीय विकासका योजनामा काम गरिरहेका छौं।’

मन्त्री यदावले स्थानीय बासिन्दाका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने बताए। उनले भने, ‘उर्लाबारी वृहत् सह–लगानी आयोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु, यहाँका नागरिकले शुद्ध र स्वच्छ पानी खान पाउने छन्।’

उक्त आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकलाई पानीको समस्याबाट मुक्त गराउने एवं उन्नत जीवनशैली प्रदान गर्न मद्दत पुर्‍याउने मन्त्री यादवको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *