पर्खाल भत्किएर पुरिँदा रोल्पामा पाँच मजदुरको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०८१ १४:३२
144
Shares

दाङ।  रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ।

लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका-३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा  सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ।

निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका  थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो। पुल निर्माणमा सात मजदुर खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *