पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु

डिसी नेपाल
१७ मंसिर २०८१ २१:५२
84
Shares

कास्की। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी आइटिएफ ‘वर्ल्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ। कास्की टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिता निर्देशक अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर शुभारम्भ गरे।

यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन्।

प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ले दुई अंक प्राप्त गर्नेछन् ।

त्यस्तै डबल्समा विजेताले २५ अंक, उपविजेताले १३ सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अंक प्राप्त गर्नेछन्। खेलाडीले प्राप्त गरेको अंकका आधारमा उनीहरुको वरियता निर्धाण हुनेछ।

प्रतियोगितामा पुरुष एकल तथा डबल्स ̸ महिला एकल तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने विजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन्।

कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासका साथै राष्ट्रिय सुदृढ बनाएर देशलाई अघि बढाउनुपर्ने बताए। उनले खेलकुद प्रतियोगिता र पूर्वाधार विकासका लागि महानगरले सँधै सहयोग गर्ने स्पष्ट पारे।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन प्रतियोगिताले मद्धत पुगेको बताए। प्रतियोगिता सम्पन्न गर्न करिब रु २१ लाख खर्च हुने गुरुङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *