एनपिएल क्रिकेटः काठमाडौं गुर्खाज टस जितेर बलिङ गर्दै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन्। दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो। काठमाडौंको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन्।
त्यसैगरी, कर्णालीको टोली कप्तान सोमपाल कामीसहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment