एसिया कपमा सहभागी यु-१९ नेपाली टोली स्वदेश फर्कियो

डिसी नेपाल
१९ मंसिर २०८१ २३:०८
328
Shares

काठमाडौं। एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई)मा जारी पुरुष यु-१९ एसिया कप-२०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ।

पुरुष यु-१९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली आज साँझ स्वदेश फर्किएको हो। एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो। नेपालले मंगलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो। नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली युएई गएको थियो। जसको उप–कप्तानमा अर्जुन कुमाल थिए। टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका थिए। यस्तै टोलीको प्रमुख प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धिरेन्द्र चन्द रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.