“फ्याट्ट पोइल” ठट्यौली रत्यौली गीतको भिडियो सार्वजनिक
काठमाडाैं। गत शुक्रवार बिहान तिलु शर्मा पौडेलले बाबा इन्टरटेन्मेन्ट टिभीमार्फत फ्याट्ट पोइल रत्यौली गीत बजारमा ल्याएका छन्। लोक संगीतलाई धेरै माया गर्ने पौडेलका “मदानिमा नेति, पर्वते माया” जस्ता अन्य चर्चित झर्रो गीतहरु बजारमा छन्।
आजभोलि परम्परागत रत्यौलीहरु लोपोन्मुख अबस्थामा छन्। रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य घरभित्रको कथा गीत मार्फत गुन्जिने गर्दछन्। शर्मा भन्छन्-आमा छोराको सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका रत्यौलीलाई जोगाइराख्नु पनि लोक संगीतमा लागेकाहरुको धर्म हो।’
जवान भएकी छोरीलाई माइती पक्षसँग केही कुरामा चित्त नबुझेपछि पोइला गइदिन्छु नि! भन्ने भाव नै गीतको सार रहेको छ। छोरीहरुको जीवनका दैनिकी समेटिएका यथार्थपरक रत्यौली गीतहरू आजकल सुनिँदैनन्।
छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काइ-मर्काइ नाच्ने विगतको मौलिक स्वाद र शैलीका रत्यौली अहिले हराइरहेको बखत शर्माको रत्यौलीले गाउँ सम्झनलाइ प्रेरित गरेको छ।
पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटी र पौडेलको स्वरमा “फ्याट्ट पोइल” गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन् भने स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहली र सम्झना थापा छेत्रीले कम्मर मर्काएको भिडियोमा गायिका डल्लाकोटि दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन्।
No ads found for this position


Facebook Comment