एनपिएल क्रिकेटः कर्णालीले टस जित्यो
काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपिएल) को दशौं र एघारौं खेल हुदैँछ। आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुदैँछ।
उक्त खेलमा कर्णालीले टस जितेर बलिङ गर्ने भएको छ। किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन्।
जनकपुर बोल्टससँग ८ विकेटले र काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाई यो खेल जीत्नै पर्ने दबाब रहेको छ भने पोखरालाई ८७ रन र काठमाडौंलाई ५ विकेटले हराएर आएको चितवन राइनोज लगातार तेस्रो जितको खोजीका साथ मैदानमा उत्रनेछ।
आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल भुर्तेलले गर्दैछन् भने कर्णालीबाट सोमपाल कामीले नेतृत्व गर्नेछन्।
चितवन राइनोज
कुशल मल्ल (कप्तान), रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, अमर सिंह रटैला, दिपक बोहरा, रवी बोपारा, जान निकोल लोफ्टी इटन, ल्यूक मार्टिन बेनकेन्स्टाईन।
कर्णाली याक्स
सोमपाल कामी (कप्तान), गुलशन कुमार झा, नन्दन यादव, अर्जुन घर्ती, देव खनाल, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन, चाडविक वाल्टन, जीशान मक्सुद, विपिन शर्मा, विल वसिस्टो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment