काभा मेन्स भलिबलमा टिपटप हेल्प नेपालको विजयी सुरुवात

डिसी नेपाल
२२ मंसिर २०८१ १८:४२
476
Shares

काठमाडौं। शनिबारबाट काठमाडौंमा सुरु काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उद्घान खेलमा टिपटप हेल्प नेपालले भारतको क्यालीकट हिरोजलाई ३-२ को सेटमा पराजित गरेको हो।

नेपाल भलिबल संघको आयोजनामा सुरु प्रतियोगितामा नेपाल सहित ४ राष्ट्रका ५ क्लब सहभागी छन्। नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडिसी प्रतियोगितामा सहभागी छन्।

सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन्। लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन। फाइनल खेल मंसिर २९ गते हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *