एनपीएलः पहिलाे खेलमा जनकपुर र लुम्बिनी भिड्दै
काठमाडाैं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को चाैधाै र पन्ध्राैं खेल हुँदैछ। आजको पहिलाे खेलमा जनकपुर बाेल्टस र लुम्बिनी लायन्स बिचमा प्रतिस्पर्धा हुँदैछ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन्। सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ। आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन् भने लुम्बिनीवाट राेहितकुमार पाैडेलले नेतृत्व गर्नेछन्। जनकपुर अपराजित यात्रामा छ। उदघाटन खेलमा बिराटनगर किंग्सलाइ हराएकाे जनकपुरले कर्णाली र चितवन राइनाेजलाइ पराजित गरेर अाज चाैथाें खेल खेल्न लागेकाे हाे।
एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो। एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ। एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
लुम्बिनी लायन्स
रोहित कुमार पौडेल- मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।
No ads found for this position


डिसी नेपाल
Facebook Comment