प्रिमियर लिगमा युनाइटेडको हार, सिटी बराबरीमा रोकियो

डिसी नेपाल
२३ मंसिर २०८१ ८:२५
92
Shares

काठमाडौं । जारी सिजनको प्रिमियर लिगमा खराब प्रदर्शन गर्ने क्रममा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अर्को हार व्यहोरेको छ। साबिक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

शनिबार राति भएको खेलमा युनाइटेडलाई नटिङ्घम फरेस्टले ३-२ ले पराजित गरेको हो। युनाइटेडविरूद्ध खेलको २ मिनेटमै फरेस्टले गोल गरेको थियो। फरेस्टका मिलेन्कोभिचले गोल गर्दै युनाइटेडविरूद्ध अग्रता लिएका थिए।

युनाइटेडका होजलुन्डले १८ मिनेटमा गोल फर्काएका थिए। खेलको ४७ मिनेटमा फरेस्टका जिब्स ह्वाइट र ५४ मिनेटमा उडले गोल थपेपछि युनाइटेड ३-१ ले पछि परेको थियो।

युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ मिनेटमा अर्को गोल थपे पनि युनाइटेडले हार टार्न सकेन। लिगमा खराब प्रदर्शन गर्ने क्रममा सिटी क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्यो।

खेलको चार मेनेटमा मुनोजको गोलबाट अग्रता लिएको प्यालेसका लागि ५६ मिनेटमा लाक्रोइक्सले अर्को गोल गरेका थिए। सिटीका हालान्डले ३० र लेविसले ६८ मिनेटमा गोल गरेका थिए। युनाइटेड १९ अंक साथ लिगको १३औं स्थानमा छ भने फरेस्ट २५ अंक साथ लिगको पाँचौं स्थानमा छ।

यता, सिटी २७ अंक साथ लिगको चौथो स्थानमा छ। ३५ अंक साथ लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई कुनै पनि क्लबले अहिलेसम्म चुनौती दिन सकेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *