राष्ट्रिय फोटो पत्रकार टोली चीन प्रस्थान
काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) का १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्तमा फोटो प्रदर्शनीका लागि आइतबार चीन प्रस्थान गरेको छ।
पिन्चाओ फोटोग्राफर एसोसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा चीन प्रस्थान गरेका हुन् ।
उक्त भ्रमण संयोजक सुनिल शर्माका अनुसार चीनका चर्चित फोटोग्राफर सु छुई तथा नेपाल चीन मैत्री सङ्घको सहकार्यमा हुन लागेको हिमशृङ्खला माथिको उडानले भरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment