“जाऊ हिँड पोखरा”मा मुकुन्द र सरिताको रोमान्स ( भिडियो )

डिसी नेपाल
२३ मंसिर २०८१ १०:५१
80
Shares

काठमाडौं। नेपाली गीत-संगीत क्षेत्रमा नयाँ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। रोमान्टिक डान्सिङ शैलीमा तयार पारिएको यस गीतले पोखराको प्राकृतिक सुन्दरतासँगै प्रेम र आकर्षणको भावलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

गीतमा गायक मुकुन्द त्रिपाठी र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। गीतका शब्द र संगीत मुकुन्द त्रिपाठीले नै तयार पारेका हुन्। राजु सुनामले एरेन्ज गरेको यो गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो। बिनोद परियारले गीतको मिक्सिङ गरेका छन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी, र अनुभव त्रिपाठीको अभिनय देख्न सकिन्छ। सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने भिडियोको सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका हुन्। भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ।

दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई निर्देशन गायक तथा संगीतकार मुकुन्द त्रिपाठीले गरेका हुन्। गायक मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *