दमकलाई आधुनिक सहर बनाइने छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
२३ मंसिर २०८१ १७:१२
136
Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक क्षेत्रलाई आधुनिक सहर बनाइने बताएका छन्।

१०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास गरी दमकलाई आधुनिक सहर बनाइने बताए। उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने धारणासमेत राखेका छन्।

विश्वका ठूला मुलुकमा आर्थिक स्रोत र पहिचानको लागि ठूला भवन बनेको उनको भनाइ थियो। मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *