गढीमाई मेला पेस्तोल देखाउने व्यक्ति पक्राउ

डिसी नेपाल
२३ मंसिर २०८१ २३:०७
148
Shares

सर्लाही । गढीमाई मेलास्थलमा पेस्तोल देखाउँदै हिँडेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहनीलाई दुई थान पेस्तोलसहित इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले पक्राउ गरेको हो।

प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ। बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *