मलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले विकृति अन्त्यका लागि चाँसो दिएन : कमल थापा
फाइल तस्बीर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले समाजमा विद्यमान विकृति विसंगति अन्त्यका लागि चाँसो नदिएको आरोप लगाएका छन्।
५७ औं मुक्ति दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्धारा आईतबार राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतान्त्रिक सरकार र वर्तमान व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गरेको बताए।
मुक्ति दिवस राजसंस्थासंग सम्बन्धित विषय नभएको भन्दै उनले आफूलाई क्रान्तिकारी भन्ने सरकारले दिवसलाई उपेक्षा गरेर आफ्नो संकीर्ण मानसिकताको प्रर्दशन गरेको टिप्पणी गरे।
उनले शोषणका विरुद्ध पटक पटक संघर्ष गरेकाहरुले नै मुक्ति आन्दोलन र त्यसैको आधारमा स्थापित मुक्ति दिवसलाई विर्सनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment