फेसनको शोको र्याम्पमा प्रदीप, आँचलदेखि साम्राज्ञीसम्म (तस्बिर)
काठमाडौं। नेपालका चर्चित कलाकार प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतले शनिवार बेलुकी क्याट वाक गरेका छन्।
ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका कपडामा उनीहरुले मोडलकासाथ क्याट वाक गरेका छन्।

दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजना गरिएको फेसन सोमा कलाकारले शो टपरको रुपमा र्याम्पमा क्याट वाक गरेका हुन्।
फेसन शोमा कलाकार बाहेक पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प वाक गरेका थिए।

प्रारम्भ प्रोडक्सनको आयोजना रहेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्प प्रस्तुत भएको थियो।

हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागिएको आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए।

करिब तीन घन्टा चलेको शोमा कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment