काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, काठमाडौं महानगरपालिकामा शोक बिदा

डिसी नेपाल
१ पुष २०८१ ९:४२
292
Shares

काठमाडौं। पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।

उनी वि.सं २०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेर गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। उनी वि.सं २०४९ मा स्थानीय निर्वाचन जितेर पञ्चायत व्यवस्थापछि काठमाडौं नगरपालिकाका पहिलो मेयर बनेका थिए। उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए।

यसैबीच पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *