क्यानडाकी उपप्रधानमन्त्रीको राजीनामापछि डोनाल्ड ट्रम्पको रोचक टिप्पणी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाकी उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डको राजीनामालाई लिएर कटाक्ष गरेका छन् ।
क्रिस्टिया फ्रिल्याण्ड जस्टिन ट्रुडोको सरकारमा उपप्रधानमन्त्री र अर्थमन्त्री थिइन्। उनले सोमबार पदबाट राजीनामा दिएकी हुन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल पृष्ठमा लेखेका छन्, “उनले (क्रिस्टिया) राजीनामा दिएकी हुन् वा ट्रुडोले उनलाई पदबाट हटाएका हुन्, तर महान देश क्यानडा आफ्नो अर्थमन्त्रीको राजीनामाले स्तब्ध भएको छ। उनको व्यवहार पूर्ण रूपमा विषालु थियो, जुन क्यानडाका दुखी जनताका लागि धेरै खराब थियो । उनलाई कहिल्यै याद गरिने छैन ।”
डोनाल्ड ट्रम्पले दुई देशबीचको सिमाना सुरक्षित नगरे राष्ट्रपति बनेपछि क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment