श्री एयरलाइन्सले भित्र्यायो ८० सिट क्षमताको नयाँ जहाज
काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ। उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।
नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।
योसँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए । सो जहाजल पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment