उद्योगको लाइन काटेर समस्या समाधान नहुने मन्त्री खड्को भनाइ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काटेर समस्याको समाधान नहुने बताएका छन्।
औद्योगिक व्यापार मेला बुटवल २०८१ को बुधबार उद्घाटन गर्दै मन्त्री खड्काले सरकारले जुनसुकै बाटो अपनाएर पनि महसुल उठाउन सकिने भएकाले लाइन काटेर समस्या समाधान नहुने बताएका हुन्।
‘लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदि महसुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ,’ उनले भने। उनले व्यवसायीमा पनि इमान्दारिता देखिनुपर्ने धारणा राखे।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment