डोनाल्ड ट्रम्पले भने, ‘क्यानडाका अधिकांश मानिस आफ्नो देशलाई अमेरिकामा मिसाउन चाहन्छन्’
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी राष्ट्र क्यानडाका विषयमा फेरि एकपटक बयान दिएका छन् ।
डोनाल्ड ट्रम्पले क्यानडामा कर लगाउने कुरा पहिले नै गरिसकेका छन्। अब, सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखिएको नयाँ बयान अनुसार ट्रम्पले भनेका छन्, ‘क्यानाडाका अधिकांश नागरिकहरू आफ्नो देशलाई अमेरिकाको ५१ औं राज्य बनाउन चाहन्छन्।’
डोनाल्ड ट्रम्पले लेखे, “कसैले जवाफ दिन सक्दैन किन हामी क्यानाडालाई वार्षिक एक अर्ब डलर भन्दा बढी सब्सिडी दिन्छौं। यसको कुनै अर्थ छैन! धेरै क्यानाडालीहरू यो अमेरिकाको ५१ औं राज्य होस् भन्ने चाहन्छन्। यसले उनीहरूलाई कर र सैन्य सुरक्षामा धेरै बचत गर्नेछ।”
नयाँ अमेरिकी राष्ट्रपतिले क्यानडाbare यसअघि दिएको बयानमा आप्रवासी र अवैध लागूऔषध रोक्न क्यानडा र मेक्सिकोमा कर लगाउनु आवश्यक भएको बताएका थिए ।
उनले २० जनवरीमा पदभार ग्रहण गर्नेबित्तिकै क्यानडा, मेक्सिको र चीनविरुद्ध कर लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर गर्ने बताएका थिए ।
क्यानडा र अमेरिकासँग विश्वको सबैभन्दा लामो सिमाना छ र दुई देशबीचको व्यापार सम्बन्ध एक ट्रिलियन डलरभन्दा बढी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment