सार्वजनिक लेखा समिति सभापति पोखरेलको राजीनामा माग

डिसी नेपाल
४ पुष २०८१ १६:३२
420
Shares

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ।

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।

अञ्जलाविरुद्ध मुद्दा दायर भएको र पोखरेल सार्वजनिक लेखा समिति सभापति भएकाले छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राजीनामा मागेका हुन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिन आङ्बोको आग्रह छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *