मेलबर्न एयरपोर्टमा विराट कोहलीको टिभी पत्रकारसँग झगडा
काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले मेलबर्न एयरपोर्टमा अस्ट्रेलियाली मिडियासँग झगडा गरेका छन् । उनले मिडियालाई आफ्नो परिवारको फोटो खिच्न रोकिरहेका थिए तर च्यानल ७ की पत्रकारले फोटो खिचेकी थिइन् । यसबारे अष्ट्रेलियाली मिडियाले विमानस्थल सार्वजनिक सम्पत्ति भएको बताएको छ ।
बक्सिङ डे टेस्टअघि भारतीय टोली बिहीबार मेलबर्न पुगेको थियो । भारतीय टोलीले २६ डिसेम्बरदेखि अष्ट्रेलियासँग बोर्डर-गावस्कर ट्रफीको चौथो खेल खेल्ने छ। ५ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ ।
भारतले एक दिन अघि (१८ डिसेम्बरमा) गाबा टेस्ट बराबरी गरेको थियो। भारतले पर्थमा भएको पहिलो खेल २९५ रनले जितेको थियो भने एडिलेडमा भएको पिंक बल टेस्टमा आयोजक टोली १० विकेटले विजयी भएको थियो ।
विराट पत्नी अनुष्का शर्मा र छोराछोरी (वामिका र अकाय)सँग मेलबर्न एयरपोर्ट पुगेका थिए। त्यसपछि अष्ट्रेलियाली च्यानल ‘च्यानल ७’ का पत्रकारले उनको भिडियो बनाए ।
विराटले महिला पत्रकारलाई आफ्नो परिवारको तस्विर डिलिट गर्न अनुरोध गरे तर पत्रकारले कोहलीको कुरा सुनिनन् । अष्ट्रेलियाको कानून अनुसार कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि सेलिब्रेटीको फोटो खिच्न वा भिडियो बनाउन कुनै प्रतिबन्ध छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment