अन्डाको मूल्य बढ्दा क्रेटको कति?
काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य बढ्ने भएको छ। ५ पुसदेखि लागू हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।
मूल्य बढेसँगै मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको संघले जनाएको हो।
संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य तय गरेको छ।
संघले अन्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहितको प्रतिपेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment