माछा मार्ने क्रममा एकको मृत्यु, दुई जना घाइते

डिसी नेपाल
५ पुष २०८१ १८:२९
188
Shares

पाल्पा । पाल्पामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका छन्।

तिनाउ गाउँपालिकामा तिनाउ–२, दोभान बुढासटकका २८ वर्षीय सुरज सोमैको ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय मदन सोमैको घर पछाडि आँगनमा सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका सोमैको उपचारका क्रममा मृत्यु भएको हो।

विस्फोटनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएका छन्।

उनीहरूलाई उपचारको लागि बुटवल हस्पिटल पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *