आप्रवासीलाई देश निकाला गर्नेमा ट्रम्पभन्दा बाइडेन अगाडि
वासिंटन डिसी। बितेका एक दशकमा सबैभन्दा बढी आप्रवासीलाई देश निकाला गर्नेमा हालका राष्ट्रपति जो वाइडेन रहेको देखिएको छ।
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)ले को प्रतिवेदन अनुसार राष्ट्रपति बाइडेनले बितेका एक दशकमा सबैभन्दा बढी संख्यामा देश निकाला गरेका खुलेको छ।
उनले आफनो चार बर्षे कार्याकाल मध्ये गत आर्थिक वर्षमा मात्रै २ लाख ७१ हजारभन्दा बढी आप्रवासीलाई अमेरिकाबाट निकालेका थिए।
अमेरिकन सीमा नाकामा कडाई गरे पछि यो संख्या एक्कासी बढेको हो। गत वर्ष देश निकाला भएका आप्रवासीको संख्या लगभग एक दशकमा निर्वासित गरिएको सबैभन्दा ठूलो संख्या हो।
यो यस्तो तथ्यांक आप्रवासीमा अनुदार भनिएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयमा भन्दा बाइडेनको कार्याकालमा सबैभन्दा बढी आप्रावासी देश निकाला भएका छन्।
देशको भित्री भागमा पक्राउ परेकाहरूको तुलनामा सन् २०२४ मा अधिकांश देश निकाला गरिएका गैरकानुनी आप्रवासीहरू थिए, जसलाई सीमा अधिकारीहरूले पक्राउ गरेका थिए।
देश निकाला गरिएका करिब ८२ प्रतिशत आप्रवासीलाई सीमा अधिकारीहरूले पक्राउ गरेको सो निकायको रिर्पोटमा उल्लेख गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment