रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश
कास्की। सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ। सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ।
सहकारी ठगीमा लामिछाने माथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो। चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज अदालतमा मुद्दा दर्ता गरिएकाे हाे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment