कारागारमै एक थुनुवाको मृत्यु

डिसी नेपाल
७ पुष २०८१ १६:४७
100
Shares

काठमाडौं । महोत्तरी कारागारमा एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ।

लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।

जिल्ला अदालत महोत्तरीको आदेशमा ६ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *