एनपीएलमा सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ
काठमाडौं । शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टे्बाजी गरेको अभियोगमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भइ टोखा ग्राण्डी बस्ने ४७ वर्षीय हरिस जावा र सोही ठाउँ घर भएका ३८ वर्षीय ऋषि मातन छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो।
उनीहरूले एनपीएलमा सट्टेबाजी खेलाएको आरोप छ। प्रहरीले उनीहरूको साथबाट ५ थान मोबाइल, १ थान ल्यापटप, ८ थान सीम, राहदानी, आधार कार्ड, भोटिङ कार्डसमेत बरामद गरेको छ।
पक्राउ परेकाहरूविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा कारबाही गरिने प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment