ज्वाइँले गरे सासुको हत्या
काभ्रे । सासुको हत्या आरोपमा प्रहरीले काभ्रेबाट ज्वाइँलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका-२ का २८ वर्षीय सुकबहादुर तामाङ रहेका छन्।
गत मंसिर ३० गते मण्डनदेउपुर-१ गैरीगाउँ घिसिङ टोल बस्ने ५२ वर्षीया तिनमाया तामाङ आफ्नै घरको मझेरीमा मृत फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा सुकबहादुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
अनुसन्धानका क्रममा सुकबहादुरलाई सासुआमाले काम नगर्ने भनी सधैँ गाली गरिरहने र त्यसदिन पनि गाली गरेको भन्दै सासुलाई कुटपिट गर्नुका साथै टाउको थाममा ठोक्काई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment