अमेरिकी प्रतिबन्धपछि पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘आणविक कार्यक्रममा कुनै सम्झौता हुँदैन’
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले हालै अमेरिकाले चार पाकिस्तानी कम्पनीमाथि लगाएको प्रतिबन्धको कुनै औचित्य नभएको बताएका छन् ।
शाहबाज शरीफले पाकिस्तानको आणविक कार्यक्रमको उद्देश्य पाकिस्तानको रक्षा गर्नु रहेको र आफ्नो सरकारले यसमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
बीबीसी उर्दूका अनुसार शहबाज शरीफले भने , “राष्ट्रिय विकास कम्प्लेक्स (एनडीसी) र अन्य पाकिस्तानी संस्थाहरूमा प्रतिबन्ध लगाउनु अनुचित हो।”
उनले थप भने, “पाकिस्तानको आणविक कार्यक्रम कुनै राजनीतिक दलको होइन, यसको २४ करोड जनताको हो। यसमा कुनै सम्झौता हुँदैन।”
हालै, बाइडेन प्रशासनले आणविक हतियारहरूले सुसज्जित पाकिस्तानको लामो दूरीको ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएको कथित चार संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ।
यसमा राष्ट्रिय विकास कम्प्लेक्स पनि छ । यो मिसाइल कार्यक्रम अनुगमन गर्ने सरकारी संस्था हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment