काठमाडौं आइपुगे सोनु निगम

डिसी नेपाल
१० पुष २०८१ १५:१३
176
Shares

काठमाडौं । चर्चित भारतीय गायक सोनु निगम आज अपरान्ह काठमाडौं आइपुगेका छन्। क्रिसमस अवसरमा आज बेलुका हायात रिजेन्सीको मैदानमा आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनी नेपाल पुगेका हुन्।

निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरेका थिए। निगमले उकाली ओराली गर्दै जस्ता थुप्रै नेपाली हिट गीतसमेत गाएका छन्। उनको प्रस्तुती तीन घण्टाको रहने छ।

झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *