लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ
धनगढी । लागूऔषध मुद्दामा फरार रहेका टीकापुरका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको २०८० चैत ७ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा दुई महिना कैद सजाय तोकेपछि फरार रहेका टीकापुर नगरपालिका–२ अस्नेरी बस्ने २९ वर्षीय अशोक थापामगर पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बुधबार घरबाटै पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment