लागूऔषधसहित पोखराबाट एक जना पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१ कस्केरीका ४१ वर्षीय आन्नद साई छन्।
विशेष सूचनाका आधारमा मंगलबार राति करिब ८ बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले साईलाई पक्राउ गरेको हो।
साईको घरकोठा खानतलासी गर्दा डाइजापाम ४८ एम्पूल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पूल र ब्रुफिनर्फिन २१ गरी जम्मा एक सय ३३ एम्पुल लागुऔषध र तीन सय ग्राम गाँजा बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
पक्राउ परेका साईलाई जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा साद दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment