मुखै रसाउने सुन्तला बजार (तस्बिरहरू)

डिसी नेपाल
१२ पुष २०८१ १५:२८
80
Shares

धनगढी । फलफूल भनेपछि जोकोहीको मुख रसाउँछ। त्यसमा पनि सुन्तालाई मन नपराउने सायदै होलान्।

हिउँदको चिसो याममा पारिलो घाममा बसेर सुन्तला खानुको आनन्द बेग्लै हुन्छ। यसका साथै सुन्तलामा स्वास्थ्यका लागि दाभदायक विभिन्न तत्त्व पाइन्छ।

सुन्तला भिटामिन ‘सी’को राम्रो स्रोत हो। सुन्ताको सेवनले मिर्गौलाको पत्थरी हुनबाट जोगाउँछ। दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्‍याउँछ। त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ। यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ।

यस्तो उपयोगी सुन्तलाको बजार कैलालीको पर्यटकीय क्षेत्र चिसापानीमा देख्न सकिन्छ। पाकेर पहेँलपुर सुन्तला सडक क्षेउमा राखिएका छन्। ती सुन्तला किन्न मानिसहरू लामवद्ध देखिन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *