काठमाडौंमा फ्रेन्चाइज ‘जावेद हबीब शैलुन’ सुरू
काठमाडौं । भारतको अग्रणी सूचिमा पर्ने ‘जावेद हबीब शैलुन’ नेपालमा पनि सुरू भएको छ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शुक्रबारबाट सञ्चालनमा आएको फ्रेन्चाइज शैलुन ‘जावेद हबीब: हियर एण्ड ब्यूटी’ उद्घाटनका लागि स्वयं प्रख्यात ‘बारबेर’ जावेद हबीबले गरे।
जावेदका अनुसार शैलुनको दुनियाँमा नयाँ-नयाँ विद्यार्थी उत्पादन गर्ने र तिनको सीप विकासमा टेवा पुर्याउने उद्देश्य रहेको छ। उनले भने, ‘जावेद हबीब शैलुन फ्रेन्चाइज भए पनि यसका शाखा विस्तार हुने क्रम छ र त्यही क्रमको शिलशिलामा नेपालमा पनि सुरू भएको छ।’
‘शैलुन नेपालमा नभएका होइनन्। तर, हामीले दिने सुविधा भने केही फरक रहने छन्। गुणस्तारिय सेवा दिनुका साथै सेवाग्राहीलाई खुसी पनि पार्नेछौं,’ उनले भने।
पहिलोपटक नेपाल पुगेका जावेदले यहाँको खाना र काठमाडौंको बसाइबारे खुलेर प्रशंसा गरे। ‘नेपाली माझ जावेद हबीब शैलुन खोल्न पाउनु मेरो सौभाग्य हो। नेपालीले साह्रै आत्मीयता देखाउनु भएको छ। यस खुसीलाई बिर्सिने छैन,’ उनले भने, ‘हामी स्वतन्त्र र टिकाउ व्यावसायीक अवसर सिर्जना गर्छौं। युवालाई सीप सिकाउँछौं। हामीले प्रादान गरेको सीपबाट युवाहरू संसारको जुनसुकै कुनामा गएर काम गर्न सकुन।’
नेपालका लागि शैलुन सञ्चालक सोनाम लामा छिन्। उनले शैलुन करिब ५० लाख खर्चमा निर्माण गरिएको बताइन्।
शैलुनमा ‘हेयर कट,’ ‘ब्यूटी,’ ‘ग्लोबर कलर,’ ‘हाइलाइट,’ ‘नङ पोलिस’ ‘फेसियल,’ ‘डिजाइनिङ,’ जस्ता सेवा प्रदान गर्ने छ।
जावेद हबीब शैलुन भारतमा ‘वेलनेस’ फैलाउने प्रमुखमा पर्छ। भारतमा मात्रै एक हजारभन्दा बढी शाखा सञ्चालनमा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment