गाजाको अन्तिम प्रमुख अस्पताल इजरायली सेनाले जबरजस्ती खाली गरायो

डिसी नेपाल
१४ पुष २०८१ १५:५९
120
Shares

काठमाडौं । इजरायली रक्षा बल (आइडीएफ) ले उत्तरी गाजाको बेट लाहियामा रहेको अन्तिम बाँकी रहेको प्रमुख अस्पताललाई जबरजस्ती खाली गरेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले मेडिकल स्टाफलाई हिरासतमा लिएर सोधपुछ गरेको बताएको छ।

कमाल अडवान अस्पतालका निर्देशक डा. हुसम अबु सफिया, आइडीएफले सोधपुछका लागि लगेका व्यक्तिहरू मध्ये एक हुन्।

इजरायली सेनाले डा. हुसम चरमपन्थी समूह हमासको अपरेटर भएको दाबी गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अस्पताल नजिकै इजरायली हमलामा करिब ५० जनाको मृत्यु भएको थियो । यसमा स्वास्थ्यकर्मी पनि पर्छन् ।

इजरायली सेनाले अस्पताललाई “हमास चरमपन्थीहरूको गढ” भएको दाबी गरेको थियो र त्यसैले त्यहाँ कारबाही गरिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १५ गम्भीर बिरामी, ५० हेरचाहकर्ता र २० स्वास्थ्यकर्मीलाई नजिकैको इन्डोनेसियाको अस्पतालमा सारिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *