काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ

डिसी नेपाल
१४ पुष २०८१ १६:२७
208
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नौ एमएमको पेस्तोलसहित प्रहरीले काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्कालाई पक्राउ गरेको हो।

कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खड्काको साथबाट एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्यागेजिन र नौ राउन्ड गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *