गैंडाको आक्रमणबाट चितवनमा महिलाको मृत्यु

डिसी नेपाल
१४ पुष २०८१ १८:१४
360
Shares

चितवन । गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन्।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैंडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *