माछा मार्ने क्रममा एक जनाको मृत्यु
दाङ (गढवा) । कल्भर्टभित्र छिरेर माछा मार्ने क्रममा दाङमा एक जनाको ज्यान गएको छ।
दाङ गढवा गाउँपालिका–६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए।
आइतबार अपराह्न ४:३० बजेतिर गढवा कालाकाटे सडकखण्डको प्रनाहा नजिक कल्भर्ट भित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा ढुब्दा ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घरबाट ११ बजेतिर माछा मार्न भनेर आएको र कल्भर्ट आसपास र कल्भर्टभित्र छिरेर पानी फाल्दै माछा मारेको र त्यै पानीमा अनुहार नाक मुख डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
मृतक कुमालको शवलाई अहिले पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment