कोरिया पठाइदिने भन्दै १६ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन्।
उनले तीन जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए। उनलाई कानूनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment