टिप्परबाट खसेर रामेछापमा एक जनाको ज्यान गयो
रामेछाप । टिप्परबाट खसेर रामेछापमा एक जनाको मृत्यु भएको छ।
मन्थली नगरपालिका–१ भैसेश्वरस्थित सडकमा सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ९७६३ नम्बरको टिप्परबाट खसेर सोही नगरपालिका–४ सालु अर्चले बस्ने ३२ वर्षीय नारायण बस्नेतको आईतबार दिउँसो मृत्यु भएको छ।
टिप्परबाट खसेर गम्भीर घाइते भएका उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। चालकलाई नियन्त्रणमा लिएर प्रहरी दुर्घटनाबारे अनुसन्धान थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment